विदेशमा रहेका नेपालीले यसपटक पनि मताधिकार प्रयोग गर्न नपाउने
अखबार टुडे
प्रकाशित:
२०७८, २५ माघ

काठमाडौं, २५ माघ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । तर विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउँने भएका छन् ।

चुनावको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर मतदान गर्न नपाउने भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।

विगतका निर्वाचनदेखि नै विदेशमा रहेका नेपालीले मतदान प्रकृयामा सहभागी हुन पाउने या नपाउने विषयमा बहस चलेको थियो । हालसम्म पनि कानुनमा यो व्यावस्था नभएकाले विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका हुन् ।

कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० चाहिन्छ । तर चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । उनका अनुसार निर्वाचनको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने छ ।

२०७४ सालको निर्वाचन भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने सक्ने अनुमान गरिएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने बताइन्छ । यसपालि चुनावमा १२ अर्ब खर्च हुने आयोगले अनुमान गरेको छ ।

प्रतिक्रिया