वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
प्रकाशित:
२०७८, २४ माघ
काठमाडौं, २४ माघ । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो । साथै यसपटक भने एकै चरणमा निर्वाचन गर्ने पनि बताइएको छ ।
यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरण (२०७४ वैशाख ३१, असार १४ र असोज २)मा भएको थियो । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रधानमन्त्रीले भने- बीआरआईअन्तर्गत गरिएका सम्झौता अनुसार नेपालले पाउने सबै रकम अनुदान हो
माओवादी बैठक : पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष
दक्षिण कोरियाली राष्ट्रपतिमाथि महाभियोग, आरोप के छ ?
मञ्जु पौडेलको ‘कर्णाली पारीको भिनाजु’ सार्वजनिक
‘एआईले झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित भएको छैन’