प्रचण्डप्रति लक्षित गर्दै बाबुरामले भने- पाखण्डी र दुई जिब्रे प्रवृत्तिबाट मुक्त नभएसम्म देश बन्दैन
अखबार टुडे
प्रकाशित:
२०७८, २४ माघ

काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई पठाएको पत्र सार्वजनिक भएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डलाई दुई जिब्रेको संज्ञा दिँदै पाखण्डी स्वभावको प्रवृत्तिले मुलुक नबन्ने बताएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुककदैन तबसम्म देश बन्दैबन्दैन,’ ।

पूर्वप्रधानमन्त्री भट्टराईले एमसीसी गिजोल्दै गए परिणाम गम्भीर हुनसक्ने बताए । अति भए खति हुने उल्लेख गरेका छन् । उनी एमसीसी पास गर्नुपर्ने पक्षमा छन् । माओवादी केन्द्रले एमसीसी संशोधन विना पास गर्न नहुने बाहिरी अडान राखेको छ ।

प्रतिक्रिया