क्यामिला नै रानी बन्ने बेलायती महारानीको भनाइ
अखबार टुडे
प्रकाशित:
२०७८, २३ माघ

काठमाडौं, २३ माघ (एजेन्सी)। बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन् ।

युवराज चाल्र्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी हुन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा शनिबार एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् ।

क्यामिला युवराज चाल्र्सको दोस्रो श्रीमती हो । युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चाल्र्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चाल्र्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।

तर महारानी एलिजावेथले युवराज चाल्र्सले गद्दी आरोहण गरेपछि उनीसँंगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी हुन् ।

पन्चानब्बे वसन्त पार गरेकी ९५ महारानी एलिजावेथले लिखित एक सन्देशमा भनेकी छन्, ‘मेरो छोरा चाल्र्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’

प्रतिक्रिया