जोर-बिजोर प्रणाली हटाउनेदेखि विद्यालय खोल्नेसम्म सिसीएमसीको सिफारिस
प्रकाशित:
२०७८, २३ माघ
काठमाडौं, २३ माघ । सिसीएमसीले यातायातमा लागु जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
कोरोना संक्रमणदर घट्दै गएको भन्दै आज (आइतबार) बसेको सिसीएमसीको बैठकले काठमाडौं उपत्यकाभित्रको यातायातमा लागु जोर–बिजोर हटाउन सिफारिस गरेको हो ।
यस्तै, फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । रात्रिकालीन व्यवसाय र खेलकूद पनि सञ्चालन गर्न सहज बनाउने सिफारिस भएको स्रोतले जनाएको छ ।
कोभिड तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् । अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर–बिजोर प्रणाली लागु छ ।
प्रतिक्रिया