नेपालमा कोरोना ओरालो लागेकै हो ? शुक्रबार देशभर २५२६ जनामा संक्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २१ माघ

काठडमाडौं, २१ माघ । अघिल्लो साता उकालो लागेको कोरोना संक्रमण ओरालो लाग्दै गएको छ । अघिल्लो साता दैनिक १० हजारभन्दा बढी संक्रमित भेटिन थालेको थियो । तर, अहिले आएर केही दिनयता नेपालमा कोरोना संक्रमण ओरालो लाग्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शु्क्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको छ । तीन दिन यताकै कम संख्या हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

२४ घण्टामा ५१३०५१ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ५६४५७ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार अहिले निको हुने संक्रमितहरुको दर ९२.९ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार नेपालमा विस्तारै कोरोना संक्रमण ओरालो लाग्दै गएको छ ।

प्रतिक्रिया