नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचनाहरू मर्मत गर्न मन्त्री आलेको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २१ माघ

काठमाडौं, २१ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिएका छन् ।

बिहीवार नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै मन्त्री आलेले सङ्ग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएका छन् ।

त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न निर्देशन दिएका छन् । सङ्ग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथसाथै रङ्गरोगन गरेर राख्न पनि निर्देशन दिए । उनले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिए ।

एनले आउँदो बजेटमा नारायणहिटी सङ्ग्रहालयभित्र भएका अधुरा काम सम्पन्न गरिने बताए । बतास समूहलाई नारायणहिटी दरबार सङ्ग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।

प्रतिक्रिया