काठमाडौं, २० माघ । यूएई सरकारले पुरानो श्रम कानुनमा व्यापक परिवर्तन गर्दै लागू गरेको नयाँ श्रम कानुन फेब्रुअरी २ देखि कार्यान्वयनमा आएको छ ।
यूएई सरकारले ल्याएको नयाँ श्रम कानुनले अनलिमिटेडलाई श्रमिकको लिमिटेड करार सम्झौता मात्र तोकेको छ । पहिले ६ महिनाको परीक्षणकालिन समयमा रोजगारदाताले चाहेमा श्रमिकलाई कुनै जानकारी बिना नै कामबाट निकाल्न सक्थें । तर अहिले ल्याएको नयाँ श्रम कानुनले श्रमिकलाई कामबाट निकाल्नुभन्दा कम्तीमा १४ दिनको जानकारी दिनपर्छ ।
अहिले श्रमिकले काम परिवर्तन गर्न चाहेमा रोजगारदातालाई एक महिनाको समय र देश नै छोड्न चाहेमा १४ दिनको पूर्व जानकारी दिनपर्छ । रोजगारदाता परिवर्तन गर्नेको हकमा नयाँ रोजगारदाताले भिसा र भर्ना प्रक्रियाको लागि पुरानो रोजगारदातासँग आवश्यक समन्वय गर्नुपर्नेछ ।
कम्पनीलाई पूर्व जानकारी दिएर देश छाडेमा त्यसको तीन महिनाभित्रमा अर्को नयाँ कामका लागि यूएई जान पाइने छ । तर यदि जानकारी नदिई देश छाडेको खण्डमा श्रमिकलाई यूएई प्रवेशमा एक वर्षसम्म प्रतिबन्ध लगाउनका लागि रोजगारदाताले यूएईको श्रम विभागसँग अनुरोध गर्न सक्नेछन् ।
यस्तै, नयाँ श्रम कानुन अनुसार रोजगारदाताले श्रमिकको पासपोर्ट लगायत आधिकारिक कागजात जफत गरेर राख्न पाउँदैनन् र पासपोर्ट पनि राख्न पाउँदैनन् ।
यस्तै, महिला कामदारले ४५ दिनको तलबी सुत्केरी बिदा पाउँछन् भने उनीहरूले चाहेमा थप १५ दिन लम्ब्याउन पनि सक्छने छन् । तर थप गरिएको १५ दिनको भने आधा मात्र तलब पाइने व्यवस्था गरिएको छ । श्रमिकको परिवारको सदस्यको मृत्यु भएमा ५ दिन र आफन्तको मृत्यु भएमा ३ तीन दिन तलबी बिदा पाउने व्यवस्था छ ।
श्रमिकले एक वर्षभन्दा बढी र पाँच वर्षभन्दा कम काम गरेको छ भने कम्पनीले २१ दिन बराबरको न्यूनतम तलब वार्षिक रूपमा हिसाब हुने गरी उपदान दिन पर्ने यूएईको नयाँ श्रम कानुनले व्यवस्था गरेको छ ।