निगमले फेरी बढायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य
अखबार टुडे
प्रकाशित:
२०७८, १८ माघ

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु.३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको हो ।
योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पु¥याएको छ । त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ ।

प्रतिक्रिया