सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा
अखबार टुडे
प्रकाशित:
२०७८, १८ माघ

काठमाडौं, १८ माघ । नेपाल सरकारले यही माघ १९ गते बुधबार देशभर सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरुमा बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्बाट यही माघ १७ गतेको निर्णय अनुसार बिदा दिइएको जनाएका हुन् ।

प्रतिक्रिया