पूर्वमिस युएसए क्रिस्टले गरिन् भवनबाट हामफालेर आत्महत्या
प्रकाशित:
२०७८, १७ माघ
काठमाडौं, १७ माघ (एजेन्सी) । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले ३० वर्षको उमेरमा आत्महत्या गरेकी उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको छ ।
न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।
आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् । क्रिस्टले आत्महत्या गर्नुअघि आफ्नो एक तस्वीरसहित इन्स्टाग्राममा ‘यो दिनले तपाईंको जीवनमा आराम र शान्ति छाओस’ भनेर लेखेको सीएनएनले जनाएको छ ।
अमेरिकाको न्याय प्रणालीमा सुधारको माग गर्दै अभियान चलाएकी क्रिस्ट वकिल समेत हुन् । यसबाहेक उनी ह्वाइट कलर ग्लाम नामक फेसन ब्लग समेत सञ्चालन गर्दै आएकी थिइन्। साथै, उनले मनोरञ्जनात्मक न्युज साइट एक्ट्राटिभीमा समेत संवाददाताको रुपमा काम गरेकी थिइन् ।
प्रतिक्रिया