नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सलट्यान्ट प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७८, १७ माघ

काठमाडौं, १७ माघ । नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतीय मूलका रघुराम श्रीनिवास नियुक्त भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्व कप छनोटका लागि श्री निवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
उनी नेपाली टिमको क्लोज क्याम्पको जिम्मेवारी सम्हाल्न आइतबार नेपाल आइपुगेका नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्रिकेट अस्ट्रेलियाको हाई परफरमेन्स (तेश्रो लेभल) कोर्स गरेका श्रीनिवासले यस अघि अमेरिका क्रिकेट टिमसँग पनि काम गरिसकेका छन् ।

श्रीनिवास नेपाल आइपुगेकोमा प्रशिक्षक दासानायेकेले खुसि व्यक्त गरेका छन् । श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

नेपालले फेब्रुअरी १७ तारिख देखि ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

प्रतिक्रिया