अनलाइन बिङ्गो खेल्ने ७४ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १७ माघ

काठमाडौं, १७ माघ । काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीे टोलीले छापा मारी उनीहरुलाई आइतबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको प्रवक्ता मैनालीले जानकारी दिए । साथै उनीहरूको साथबाट कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

प्रतिक्रिया