जेठभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७८, १५ माघ

काठमाडौं, १५ माघ । सत्ता गठबन्धनमा रहेका दलहरु आउँदो जेठ मसान्तभित्र स्थानीय तहको चुनाव गर्न सहमत भएका छन् । ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले आउँदो जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै संविधानसँग बाझिएका कानुनहरुलाई संशोधन गर्नुपर्ने भएमा तयारी गर्न सरकारलाई सुझाव दिएको पनि मन्त्री कार्कीले जानकारी दिए । उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।

प्रतिक्रिया