नीजि र टेक्सीमा जोरबिजोर प्रणाली, बस, टेम्पो र माइक्रोबसमा हटाइयो
अखबार टुडे
प्रकाशित:
२०७८, १४ माघ

काठमाडौं, १४ माघ । काठमाडौं उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन् ।

कोरोनाको नयाँ भेरियन्टसँगै संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । तर, जोरबिजोर प्रणालीले झनै समस्या भएको भन्दै जनस्तरमा विरोध भएपछि प्रमुख जिल्लाहरुले सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । उक्त निर्णय आजै राति १२ बजेबाट लागू हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाइएपनि निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने प्रजिअ उपाध्यायले बताए । दुईपांग्रे सहितका निजी र ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।

प्रतिक्रिया