थप आठ हजार १७ जनामा कोरोना पुष्टि हुँदा १५ को मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, १३ माघ

काठमाडौं, १३ माघ । देशभर थप ८ हजार १७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो ।

१५ हजार ७३६ को पीसीआर र ६ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ५७६ रहेको छ भने २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया