थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु
प्रकाशित:
२०७८, १२ माघ

काठमाडौं, १२ माघ । देशभर थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, सोहि अविधमा थप ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
