चुम्बन प्रकरण: बलीवुड अभिनेत्री शिल्पालाई १५ वर्षपछि सफाइ
अखबार टुडे
प्रकाशित:
२०७८, १२ माघ

काठमाडौं, १२ माघ (एजेन्सी)। बलीवुड अभिनेत्री शिल्पा सेट्टीलाई चुम्बनसम्बन्धी एउटा मुद्दामा १५ वर्षपछि सफाइ दिएको भारतीय संचार माध्यमले जनाएको छ ।

हलीवुड अभिनेता रिचर्ड गेरेले सार्वजनिक मञ्चमा चुम्बन गरेपछि अभिनेत्री शेट्टीमाथि अश्लीलता फैलिएको आरोप लगाइएको थियो । वर्षौँपछि यो आरोपबाट भारतको एउटा अदालतले गत जनवरी १८ मा शिल्पालाई सफाइ दिएको हो ।

प्रहरी प्रतिवेदन र कागजातलाई ध्यानमा राख्दै मुम्बइ अदालतले शिल्पामाथि लागेको आरोप निराधार भएको भन्दै उनलाई न्याय दिएको हो । त्यस प्रकरणमा शिल्पाको कुनै दोष नभएको अदालतको ठहर छ । सफाइको बिषयमा अदालतले सोमबार विस्तृत आदेश समेत जारी गरेको थियो ।

के थियो घटना ?
सन् २००७ मा राजस्थानमा भएको एक कार्यक्रममा शिल्पा सहभागी भएकी थिइन् । सो कार्यक्रममा हलिउड स्टार गेरे पनि उपस्थित थिए । उक्त कार्यक्रममा रिचर्डले शिल्पालाई सार्वजनिक रुपमा चुम्बन गरेका थिए ।
त्यसपछि शिल्पा र रिचर्ड विरुद्ध सार्वजनिक रुपमा अश्लिलता र अभद्रता देखाएको भन्दै राजस्थानको मुन्डावरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीमा उजुरी दर्ता भएको थियो ।

शिल्पामाथि रिचर्डले सार्वजनिक स्थानमा चुम्बन गर्दा विरोध नजनाएको भन्ने आरोप लागेको थियो । शिल्पाले पनि आफ्ना वकिल मार्फत रिचर्डले गरेको चुम्बनको विरोध नगरेको कारण यसको मतलब म कुनै षड्यन्त्र वा अपराधमा सहभागी भएँ भन्ने होइन भन्दै उजुरी दिएकी थिइन ।

उजुरी पछि भारतीय सर्वाेच्च अदालतसम्म पुगेको थियो । तर सन् २०१७ मा सर्वोच्च अदालतले सो मुद्दालाई मुम्बईमा स्थानान्तरण गरेको थियो । १५ वर्षपछि मुम्बई अदालतले शिल्पालाई अश्लीलता र अभद्रता जस्ता आरोपबाट सफाइ दिएको हो ।

प्रतिक्रिया