लण्डन, ११ माघ (एजेन्सी) । बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ ।
अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् । प्रतिवन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अव खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने शर्त भने राखिएको छ ।
यातायात विभागर स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रअरी ११ तारिखको विहान ४ बजेदेखि सवै प्रतिवन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ । पुरा मात्राको खोपलगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी १२ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । यात्रासम्वन्धी धेरै नीति फेबु्रअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सवैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।