रङ्गशालामा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मुत्यु, दर्जनौं घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ११ माघ

काठमाडौं, ११ माघ (एजेन्सी) । क्यामरुनको एउटा रङ्गशालामा भागदौड हुँदा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स अन्र्तगत क्यामरून र कोमोरसबीचको म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । क्यामरूनको मध्य क्षेत्रीय गभर्नर पउल वियाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । मिडिया रिपोर्टका अनुसार सो घटनामा केही बालबालिका बेहोस् भएका छन् ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

रङ्गशालाको क्षमता ६० हजार भए पनि कोरोना सङ्क्रमण जोखिमका कारण ८० प्रतिशत समर्थकलाई मात्र मैदान प्रवेशको अनुमति दिएको थियो । घटनाकै बीच गएराति भएको खेलमा क्यामरुनले कोमोरोसलाई हराएको छ ।

१० खेलाडीमा सीमित कोमोरोसलाई क्यामरुनले २–१ गोलले हराउँदै क्वाटर फाइनलमा पुगेको छ ।

प्रतिक्रिया