सक्रिय संक्रमित ८२ हजार नाघे, ४ को मुत्यु हुँदा १०, ३१९ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, १० माघ

काठमाडौं, १० माघ । देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोही अवधिमा २५४० जना निको भएका छन् । यसैगरीे २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४ हजार ६७६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया