गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन : मन्त्री यादव
अखबार टुडे
प्रकाशित:
२०७८, १० माघ

काठमाडौं, १० माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् ।

सोमबार विज्ञप्ति जारी गर्दै उनले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छन् ।

उनले आफ्नो भनाइ कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताइन् । वक्तव्यलाई अत्तिरञ्चित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध समेत गरे ।
जनता समाजवादी पार्टीको भातृसङ्गठन समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा माघ ५ गते श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो ।

सो सभामा दिइएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन भएको उनको भनाइ छ । शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढङ्गले अपव्याख्या गरेको उनले उल्ल्ेख गरीन् ।

प्रतिक्रिया