एमाले अध्यक्ष ओली र पत्नी शाक्यलाई कोरोना संक्रमण पुष्टि
प्रकाशित:
२०७८, ९ माघ
काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको हो । अहिले ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएको जानकारी एमालेले केहीबेरमा औपचारिक प्रेस वक्तव्यमार्फत दिने भएको छ ।
अध्यक्षलाई कोभिड संक्रमण भएपछि पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन् । आज एमालेको पत्रकार सम्मेलन हुने भनिएकोमा स्थगित भएको हो ।
प्रतिक्रिया