प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएकै थिएन : सरकारका प्रवक्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ८ माघ

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रधानमन्त्रीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि प्रवक्ता कार्कीले शनिबार प्रधानमन्त्रीले बैठक नै नबोलाएको बताए ।

उनले भने, ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ?’ प्रधानमन्त्रीले पाँच दलीय गठबन्धनबीच छलफल गररहेको प्रवक्ता कार्कीको भनाइ छ ।

संसद खुलाउने र आगामी स्थानीय तहको चुनावलगायतका विषयमा आवश्यक परे छलफलपछि सर्वदलीय बैठक बोलाउने उनले बताए ।
सर्वदलीय बैठक आज बिहान ९ बजेका लागि बोलाइएको समाचार सार्वजनिक भएको थियो । तर प्रमुख प्रतिपक्ष एमालेले आफूहरूलाई बैठक भएको जानकारी नै नभएको बताएको थियो ।

प्रतिक्रिया