माओवादी केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित
प्रकाशित:
२०७८, ७ माघ

काठमाडौं, ७ माघ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक यही माघ ८ गतेका लागि तय गरिएको भएपनि कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको हो ।
पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
जेठ १५ गते राजावादीको प्रदर्शन, हाई अलर्ट रहन आईजीपीको निर्देशन
नोराको जादुमयी प्रस्तुति, मध्यरातसम्म नाचे दर्शक
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी