प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
प्रकाशित:
२०७८, ७ माघ
काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजे उनले राष्ट्रका नाममा सम्वोधन गर्न लागेका हुन् । कोरोना महामारी र सरकारको ६ महिने काम कारबाहीबारे देउवाले सम्बोधनमार्फत जानकारी दिने बताइएको छ ।
देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लागेका हुन् । उनी प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार