जानीजानी आफूलाई कोरोना सार्ने चेक रिपब्लिककी चर्चित गायिकाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ माघ

काठमाडौं, ६ माघ (एजेन्सी) । चेक रिपब्लिककी एक लोकगायिकाको मृत्यु भएको मृत्यु भएको छ । जसले जानीजानी आफूलाई कोरोनाभाइरस सारेकी उनको परिवारले जनाएका छन् ।

बीबीसीले जनाएअनुसार ५७ वर्षीया हाना होर्काले कोभिड–१९ विरुद्धको खोप लगाएकी थिइनन् । परीक्षणमा संक्रमण पुष्टि भएपछि उनले सामाजिक सञ्जालमा आफू निको हुँदै गरेको लेखेकी थिइन् ।

तर, त्यसको दुई दिनपछि उनको मृत्यु भयो । उनका छोरा यान रेकले निश्चित स्थानमा प्रवेशका लागि हालै कोभिड भएर निको भएका मानिसलाई दिइने ‘रिकभरी पास’ पाउन उनी संक्रमित भएको बताएका छन् । घरमा आफू र बुवालाई संक्रमण भएको तर आमाले आफूहरूसँग दूरी कायम नगरी सँगै बसेको उनले जानकारी दिए ।

‘हामीलाई सङ्क्रमण पुष्टि भएपछि वहाँ एक साता हामीभन्दा अलग्गै बस्न पनि सक्नुहुन्थ्यो। तर आमा जतिबेला पनि हामीसँगै बसिरहनुभयो’ उनले भने ।

चेक रिपब्लिकमा बुधवार अहिलेसम्मकै धेरै कोभिड संक्रमण पुष्टि भएको थियो । रेक र उनका बुवाले कोभिड–१९ विरुद्धको खोप लगाएपनि हाना होर्काले खोप लगाएकी थिइनन् । चेक रिपब्लिकमा सिनेमा, बार र क्याफेजस्ता निश्चित स्थानमा प्रवेशका लागि खोप लगाएको कार्ड वा हालै कोभिड संक्रमण भएको प्रमाण पेस गर्नुपर्छ ।

गायिका हाना होर्का चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन् । छोरा रेकका अनुसार हाना होर्का हिँडडुलमा अवरोध कम होस् भनेर आफूलाई संक्रमण सार्न चाहन्थिन् । आइतवार बिहान उनले आफूलाई सन्चो हुँदै गरेको भन्दै घुमेर आउन लुगासमेत लगाएकी थिइन् ।

तर, अचानक ढाड दुखेर समस्या आएपछि उनी ओछ्यानमा सुतिन् । ‘त्यसको १० मिनेटमै सबै सकियो । उनको श्वास अवरुद्ध भयो र मृत्यु भयो’ बिबिसीसँग उनका छोराले भनेका छन् ।

प्रतिक्रिया