निगमले फेरि बढायो पेट्रोलियम पर्दाथको मूल्य : अब एक लिटर पेट्रोलको १३९ रुपैयाँ
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

काठमाडौ., ५ माघ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पर्दाथको मूल्य बृद्धि गरेको छ । बुधबार निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले वृद्धि गरी १०६ रुपैयाँ प्रतिलिटर बनाइएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।

यस्तै, एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजनपश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमको भनाइ छ । एक दिनअगाडि मात्र निगमले आफ्नो सिञ्चित रकम सकिएको र पेट्रोल किनेको रकम भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको थियो । त्यसको भोलिपल्ट बुधबार निगमले पेट्रोलियम पर्दाथको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहेको जनाएको छ । १५ दिनमा नै निगमले २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको यसअघि नै बताएको निगमको भनाइ छ ।
६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको निगमको दाबी छ ।

आगामी जनवरी २३ मा तेल खरिद बाबपत भुक्तनी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया