संक्रमितको संख्या हालसम्मकै सर्वाधिक- ११ हजार ३५२ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

काठमाडौं, ५ माघ । नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो । यो संक्रमणको हालसम्मकै सर्वाधिक संक्रमण हो ।
यस्तै, ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया