फ्रान्समा एकै दिन ४ लाख ६४ हजार जनामा कोरोना सङ्क्रमण
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

पेरिस, ५ माघ (एजेन्सी) । फ्रान्समा एकै दिन ४ लाखभन्दा बढीमा कोरोना सङ्क्रमित देखिएका छन् ।
फ्रान्सका सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा कम्तीमा पनि ४ लाख ६४ हजार ७७९ जनामा यो संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रीका अनुसार अहिले करिब चार हजार जना सङ्क्रमित आइसियुमा भर्ना भएका जानकारी दिए । अस्पतालका करिब ७० प्रतिशत बेडहरु कोभिडका बिरामीले भरिएका पनि जानकारी दिइएको छ ।

फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको संख्या दैनिक बढिरहेको अधिकरीहरुको भनाई छ । फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् ।

युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा फैलिएको बताइएको छ ।

प्रतिक्रिया