एपिएफलाई प्रधानमन्त्री कप टी–२० क्रिकेटको उपाधि
प्रकाशित:
२०७८, ५ माघ
काठमाडौं, ५ माघ । प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । १५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो ।
पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले ६५ रन जोडे । उनले ५४ बलमा ३ चौका र १ छक्का प्रार गरे । बलिङमा एपिएफका किशोर महतोले ३ विकेट लिए लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपिएफका लागि अमरसिंह रटेउलाले १५ बलमा २९ रन, लोकेश बमले १५ बलमा २७ रन, सन्दीप जोराले २४ रन, कप्तान शरद भेषवाकरले १९ रन र भुवन कार्कीले १७ रनको बनाएका थिए ।
बलिङमा पुलिसका सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए। गुल्शन झाले २ विकेट हात पारे।
प्रतिक्रिया
सम्बन्धित समाचार