रचना रिमालको स्वर रहेको ‘भतभती पोल्छ’ सार्वजनिक (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ५ माघ

काठमाडौं, ५ माघ । पल शाह र प्रियाना आचार्यको अभिनय रहेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।

यस गीतमा चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको गीतमा शब्द छ । दीप घतानीले सङ्गीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले सङ्गीत संयोजन गरेका छन् ।

तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया