अबुधाबीमा भएका आतङ्कवादी हमलाको नेपालद्वारा निन्दा
प्रकाशित:
२०७८, ४ माघ
काठमाडौं, ४ माघ । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ ।
मंगलबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार भएको आतङ्कवादी आक्रमण इन्धन ट्रकमा हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका थिए ।
उक्त आक्रमण इरान समर्थित यमनको सशस्त्र संगठन हुथीले गरेको अल अरेबियाले जनाएको छ । यमनमा जारी युद्धमा साउदी अरबले नेतृत्व गरेको हुथीविरुद्धको गठबन्धन सेनामा यूएईको समेत सहभागिता रहेको छ । केही समयअघि हुथीले लाल सागरमा यूएईको पानीजहाज कब्जामा लिएपछि दुबै पक्षबीच आरोप–प्रत्यारोप जारी छ ।
प्रतिक्रिया