काठमाडौं, ४ माघ । कोभिडविरुद्धको खोप लगाउने अहिले भीड छ । सरकारले पनि खोप अभियानलाई तिव्रता दिएको छ । तैपनि नागरिकले चाहेको अवस्थामा खोप पाउन सकेका छैनन् ।
यसैबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ लाख खोपको रेर्कड नै नभएको जनाएको छ । मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले २० देखि २५ लाख कोरोना खोप रेकर्डमा नरहेको बताएका हुन् ।
मंगलबार शिक्षा तथा स्वास्थ्य समितिमा सचिव पोखरेलले कति खोप लगाइएपनि त्यसको राम्रो रेकर्ड नहुँदा झन्डै २५ लाख खोप रेकर्ड बाहिर रहेको जनाएका हुन् ।
उनले भने, ‘कतिले खोप लगाइदिनुभएको छ । तर त्यसको रेकर्ड गर्दिनुभएको छैन । त्यसले गर्दा २० देखि २५ लाख खोपको फरक देखिएको छ ।’ उनले कतिपय व्यक्तिहरूले खोप लगाए पनि कार्ड नलिँदा उक्त समस्या देखिएको दावी गरे ।
यद्यपि खोपहरूलाई भने खेर जान नदिएको उनले बताए । साथै ठूला सहरहरूमा ७० देखि ८० प्रतिशत मानिसलाई खोप लगाइएको उल्लेख गर्दै अझै स्थानीय तहमा खोपको पहुँच पु¥याउन बाँकी रहेको उनको भनाइ थियो ।