१८ वर्षे सम्बन्ध टुटाउँदै धनुष र ऐश्वर्या : उनीहरु भन्छन्, ‘हाम्रो फैसलामा साथ दिनुहोला’
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

काठमाडौं, ४ माघ । बलिउड अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्याले आफूहरू अलग हुने बताएका छन् ।

दक्षिण भारतीयका साथै बलिउड फिल्ममा राम्रा अभिनेताका रुपमा मानिने धनुषले सामाजिक सञ्जालमार्फत ऐश्वर्यासँग आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएको जानकारी दिएका हुन् ।

धनुषकी पत्नी ऐश्वर्या चर्चित अभिनेता रजनीकान्तकी छोरी हुन् । उनीहरको करिब १८ वर्षअघि विवाह भएको थियो । उनीहरूका १२ र १६ वर्षका दुई छोरा छन् ।

धनुषले ट्विटरमा एउटा लामो नोट राख्दै आफूहरूले अलग हुने फैसला गरेको बताएका हुन् । उनले लेखेका छन्, ‘हामी एक साथी, एक जोडी र आमा–बुवाका रूपमा पछिल्ला १८ वर्षदेखि साथ रह्यौं । हामी एकअर्काका शुभचिन्तक हौं । यो यात्रामा हामीले एकअर्कालाई बुझ्यौं, समझदारी अपनायौं। आज हामी त्यहाँ आइपुगेका छौं, जहाँबाट हाम्रो बाटो अलग हुँदैछ । ऐश्वर्या र मैले अलग हुने फैसला गरेका छौँ ।’

साथै, धुनषले आफूहरुकोे फैसलालाई सम्मान गरिदिन समेत अनुरोध गरको छन् । अभिनेता रजनीकान्तकी जेठी छोरी ऐश्वर्याले पनि यही पोस्ट आफ्नो इन्स्टाग्राममा सेयर गर्दै लेखेकी छन्, ‘कुनै क्याप्सनको आवश्यकता छैन । मात्र तपाईंको समझदारी र प्रेम आवश्यक छ ।’ उनीहरूको बिहे हुँदा धनुष मात्र २१ वर्षका थिए भने र ऐश्वर्या २३ वर्षकी थिइन् ।

धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले अहिलेसम्म ४६ फिल्मका काम गरिसकेका छन् ।

प्रतिक्रिया