प्रदेशको ‘मधेस’ नाममा असहमत राख्नेहरुद्वारा जनकपुरमा प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

जनकपुरधाम, ४ माघ । प्रदेशको नाम ‘मधेस’ राखिएको प्रति एकथरी युवाले त्यसको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । मधेसको राजधाधनी जनकपुरमा भएको प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौँ, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’जस्ता नारा लगाएका छन् ।

प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो । ‘मधेस प्रदेश’ नाम र जनकपुरधाम राजधानी तय भएको खुशियालीमा सोमबार साँझ अर्को एक युवाको समूहले दीपावली गरेको थियो ।

प्रतिक्रिया