दैनिक २० हजार सङ्क्रमित हुन सक्ने अनुमान, सावधानी अपनाउन सुझाव
अखबार टुडे
प्रकाशित:
२०७८, ४ माघ

काठमाडौं, ४ माघ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले सङ्क्रमण बढेर एकै दिन २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको बताएका छन् ।

सङ्क्रमतिमध्ये १० प्रतिशतलाई अस्पताल भर्ना गर्नु पर्ने अवस्था आउने पनि उनको अनुमान छ । सङ्क्रमण तीव्र गतिमा फैलिएर दैनिक २० हजार सक्रिय सङ्क्रमित थपिए ७ दिनमै १४ हजार बेड आवश्यकता पर्नसक्ने मन्त्रालयको प्रक्षेपण छ ।

यस्तै, माघ दोस्रो हप्तासम्म कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने सम्भावना रहेको विज्ञले बताएका छन् ।
अबको दुई हप्ता विशेष सावधानी अपनाउनु पर्ने जनस्वास्थ्यविद् डाक्टर बाबुराम मरासिनी बताए ।

कोरोना सङ्क्रमणको रोकथामका लागि मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न साथै साबुनपानीले मिचिमिची हात धुने र स्यानिटाइजर लगाइरहन डाक्टर मरासिनीको सुझाव छ ।

मास्क नलगाउनेहरुलाई अहिले देखिएको कोरोनाको ओमिक्रोन भेरियन्टसँगै डेल्टा भेरियन्टको समेत सङ्क्रमण हुन सक्ने खतरा रहेकाले मास्क अनिवार्य लगाउन उनको सुझाव छ ।

प्रतिक्रिया