एकैदिन ६७३४ जना संक्रमित, उपत्यकामा मात्रै ३९३९ जना थपिए
प्रकाशित:
२०७८, ३ माघ

काठमाडौं, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।
सो अवधिमा सबैभन्दा बढी संक्रमित उपत्यकामा थपिएका छन् । सोमबार उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रचण्डको दावी- राजावादीहरूको चहलपहलमा देश बाहिरको पनि चलखेल छ
मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना
पूर्वराजालाई प्रधानमन्त्री ओलीको सुझाव- राजनीतिमा आउने भए स्वागत छ
विमानस्थनमा पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा को को उत्रँदैछन् ?