देउवा र प्रचण्ड संवैधानिक व्यवस्थाअनुसार निर्वाचन गर्न सहमत, भोलि समितिको सुझाव लिने
अखबार टुडे
प्रकाशित:
२०७८, ३ माघ

काठमाडौं, ३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचित गर्न दुवै नेता सहमत भएका हुन् ।

त्यसका लागि मंगलबार बिहान नौ बजे उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत दुई नेताबीच छलफल भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो ।

यसैबिच स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यसै हप्ताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुने बताएका छन् ।
मोरङमा भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले पाँच दलीय गठबन्धन चुनावका लागि प्रतिबद्ध रहेको र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति टुङ्गो लाग्ने बतााएका हुन् ।

प्रतिक्रिया