चीनमा न्यून जन्मदरका कारण आर्थिक वृद्धिमा चिन्ता
अखबार टुडे
प्रकाशित:
२०७८, ३ माघ

बेइजिङ, ३ माघ (एजेन्सी) । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ ।
विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।

बेइजिङले जनसंख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसंख्या वृद्धिको सामना गरिरहेको छ ।
राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् २०२० मा १००० व्यक्तिमा ८.५२ दर रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको सो विभागले जनाएको छ ।

सो विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सबैभन्दा कम हो ।सन् २०२१ मा, देशले एक करोड ६ लाख २० हजार जन्मदर्ता गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार, यसैसँगै देशको जनसंख्या १ अर्ब ४१ करोड पुगेको छ ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झिवेई झाङले भने, ‘जनसांख्यिकीय चुनौती राम्ररी थाहा छ तर जनसंख्या बुढ्यौलीको गति अपेक्षा भन्दा छिटो छ । यसले चीनको सम्भावित बृद्धि अपेक्षा गरेभन्दा छिटो नहुने संकेत पनि गर्छ,’ उनले भने ।

एक दशकमाा एक पटक गरिने गतवर्षको जनगणनाको नतिजाअुसार चीनको जनसंख्या सन् २०६० पछि सबैभन्दा कम दरमा बढेको छ ।

‘चीनले सिरियालाई ४ हजार टन चामल पठायो
चीनले सिरियालाई करिब ४ हजार टन चामल सहयोग गरेको छ । मानवीय सहायतास्वरुप पठाएको सो चामल आइतबार सिरियाले प्राप्त गरेको हो ।

सिरियामा पछिल्लो समयमा द्धन्द्ध तथा खडेरीका कारणले खाद्य संकट परेको बताइएको छ । त्यसैले चीनले यसअघि पनि सिरियालाई खाद्यान्न सहयोग गर्दै आएको छ । पछिल्लो समयमा ४ हजार टन चामल पठाएको र सिरियाको राजधानी दमासकसमा सो चामल प्रदान गरिएको थियो ।

आइतबार दमासकसमा आयोजना गरिएको एक कार्यक्रममा सिरियाका लागि चिनियाँ राजदूत फेङ बियाओले सिरियाको रेडक्रसका प्रमुख खालिद एचबोउटीलाई सो सामान हस्तान्तरण गर्नुभएको थियो ।त्यस अवसरमा सिरियाली रेडक्रसका प्रमुख खालिदले चीन सरकारलाई धन्यवाद दिए ।
उनले संकटका समयमा चीनले गरेको यो सहयोग अमूल्य रहेको बताउनुभयो । त्यसैगरी चिनियाँ राजदूत फेङले आगामी दिनमा पनि चीनले यस्तो मानवीयता सहयताको कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया