सपिङ मल र पार्टी प्यालेसहरु सशर्त मात्र सञ्चालन गर्न पाइने (यस्ता छन् शर्त)
प्रकाशित:
२०७८, २ माघ

काठमाडौं, २ माघ । कोरोना संक्रमण बढ्सँगै सरकारले कडाइ गर्दै लगेको छ । अब सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त मात्र सञ्चालन गर्न पाउने भइएको छ ।
सरकारले जारी नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ ।
साथै, पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।
सरकारले केही दिनअघि नै रात्रिकालीन व्यवसायी राति ८ बजेपछि सञ्चालनमा रोक लगाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर कोरोना संक्रमण बढ्दै गएको छ । यससँगै सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
