रुसले कठोर विकल्पको सामना गर्नुपर्ने अमेरिकाको भनाइ
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

काठमाडौं, २९ पुस । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिएकी छन् ।
उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उनले त्यस्तो चेतावनी दिएकी हुन् ।

युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो–रुस काउन्सिलको वार्ता भएको थियो । सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो ।

रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि बनेको गठबन्धन हो र यसमा ३० देश सदस्य छन् ।
ब्रसेल्समा भएको वार्तापछि बोल्दै रुसका उपविदेशमन्त्री अलेक्जेण्डर ग्रुस्कोले नेटोको पूर्वतर्फको विस्तारले आफ्नो देशका लागि स्वीकार गर्न नसक्ने खालको खतराहरू पैदा गरेको बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया