नेपालमै बनेको पहिलो भू-उपग्रह ‘स्यानोस्याट-१’ प्रक्षेपण गरिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

काठमाडौं, २९ पुस । नेपालमै बनेको स्याटेलाइट ‘स्यानोस्याट–१’लाई स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ ।
विश्वकै धनी इलोन मस्कको कम्पनी स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट बिहीबार राती ९ बजेर १५ मिनेटमा उक्त स्याटेलाइटलाई अन्तरीक्षमा पठाइन लागिएको हो ।

अन्तरीक्षसम्बन्धी खोज अनुसन्धान गर्ने नेपाली वैज्ञानिकहरुको कम्पनी ओरिएन स्पेसले निर्माण गरेको २५० ग्राम तौलको उक्त स्याटेलाइटले एकवर्ष पृथ्वीको कक्षमा रहेर काम गर्ने जनाइएको छ ।
स्पेनी कम्पनी फोसा सिस्टम्समार्फत उक्त स्याटेलाइट प्रक्षेपणको लागि स्पेस(एक्समा पठाइएको हो । यो स्याटेलाइटको लन्चिङ खर्च ४० लाख रुपैयाँ लागेको बताइएको छ ।

स्यानोस्याट–वान अन्तरीक्षमा पठाउन लागिएको दोस्रो र नेपालमै निर्मित पहिलो भू–उपग्रह हो । सोही रकेटमा अन्य मुलुकले निर्माण गरेका स्याटेलाइट पनि पठाइने भएको छ ।

प्रतिक्रिया