नौ जिल्ला कोरोनाको उच्च जोखिममा
प्रकाशित:
२०७८, २९ पुष
काठमाडौं, २९ पुस । नेपालको नौ जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन वटै जिल्लासहित मोरङ, सुनसरी, चितवन, कास्की, बाँके र कैलाली उच्च जोखिममा रहेका छन् ।
यि जिल्लाहरूमा संक्रमितको संख्यासमेत दिनहुँ बढ्दो छ । पछिल्ला तथ्यांकअनुसार यी जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यस्तै, देशभरका २ जिल्ला संक्रमणमुक्त रहेको छ । सो जिल्ला मुगु र मुस्ताङ हुन् । तथ्यांक अनुसार अन्यमध्ये नौ जिल्ला उच्च् जोखिखमा रहेका छन् ।
देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देखिएको नयाँ संक्रमितभन्दा यो ६ सय ३१ ले बढी रहेको मन्त्रालयले जनाएको छ । उपत्यकामा मात्रै एक हजार पाँच सय ३८ नयाँ संक्रमित थपिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार