मन्त्री झाँक्रीद्वारा धोबिखोला करिडोरको अनुगमन: समस्या तत्काल समाधान गर्न निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७८, २९ पुष

काठमाडौं, २९ पुस । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज (बिहीबार) बिहा काठमाडौंको धोबिखोला करिडोरको अनुगमन गरेकी छन् ।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेका हुन् । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।

अवलोकनपछि मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् ।
झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका प्रतिनिधिले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया