किम जङ अनको उपस्थितिमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण
अखबार टुडे
प्रकाशित:
२०७८, २८ पुष

काठमाडौं, २८ पुस (एजेन्सी) । उत्तर कोरियाले नेता किम जङ अनको रेखदेखमा अर्को हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ ।

मङ्गलवार प्रहार गरिएको क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको केसीएनए समाचार संस्थाले जनाएको छ । यसअघि उत्तर कोरियाले मंगलबार समुद«तर्फ पुनः प्रहार गरेको क्षेप्यास्त्र एक अज्ञात भएको बताइएको थियो ।
सन् २०२० को मार्च महिनायता उनले क्षेप्यास्त्र प्रक्षेपण हुँदा उपस्थिति जनाएको यो पहिलोपटक हो ।

नयाँ वर्षको अवसरमा भाषण गर्ने क्रममा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बाचा गरेका थिए । त्यसपछि दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो ।
उक्त कदमपछि अमेरिका, यूके, फ्रान्सलगायत देशहरूले त्यसको निन्दा गर्दै प्योङयाङलाई अस्थिर कार्यहरू रोक्न आह्वान गरेका थिए ।

हाइपरसोनिक अस्त्रहरू प्रायः बलिस्टिक क्षेप्यास्त्रभन्दा निसानातर्फ कम उचाइ हुँदै जान्छन् । तर त्यसको गति भने ध्वनिको गतिभन्दा पाँच गुणाभन्दा बढी अर्थात् प्रतिघन्टा ६,२०० किलोमिटर हुनसक्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र विकास गरेका छन् ।

प्रतिक्रिया