फेरि बोल्ड अवतारमा देखिइन् सोनिका (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

काठमाडौं, २७ पुस । लामो समयको अन्तरालपछि सोनिका रोकाया एक म्युजिक भिडियोमा देखिएकी छन् । कुनै समय विवादित युटुबरको रुपमा चिनिएकी सोनिका प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियोमा देखिएका हुन् ।

उक्त गीतमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतको भिडियोमा सोनिकाले निकै बोल्ड दृश्य दिएकी छन् ।

भिडियोमा वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दापर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् ।

प्रतिक्रिया