श्रीमती साटासाट गर्ने सात जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, २७ पुष

काठमाडौं, २७ पुस । शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने एउटा ठूलो गिरोहको खुलासा भएको छ । भारतीय मिडियका अनुसार ती खुलासा भएसँगै गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् ।

गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको खुलासा भएको छ । भारतको केरलमा चलिरहेको यो गिरोह चलाउनको लागि ह्वाट्सएप र मेसेन्जरमा ग्रुपहरु बनाएका थिए । भारतीय अङ्ग्रेजी दैनिक इण्डियन एक्सप्रेसका अनुसार कोट्टायमबाट पुलिसले ७ जनालाई गिरफ्तार गरेको छ र अन्य २५ जनाभन्दा धेरै पुलिसको निगरानीमा छन् ।

एक महिलाले आफ्ना पतिविरुद्ध पुलिसमा उजुरी दिएपछि यसको अनुसन्धानको क्रममा यो गिरोहको खुलासा भएको हो ।
महिलाले आफ्ना पतिविरुद्ध परपुरुषसँग शारीरिक सम्बनधको लागि बाध्य पारेको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।

यसअघि कायमकुलममा पनि यस्तै घटना सार्वजनिक भएको थियो । यस विषयमा चांगनचेरीका डेप्युटी एसपी आर श्रीकुमारले भने ‘पहिले उनीहरु टेलिग्राम र मेसेन्जर ग्रुपमा जोडिन्थे त्यसपछि एक अर्कासँग भेट्थे । हामीले उजुरी गर्ने महिलाका पतिलाई गिरफ्तार गरेका छौं । यसको पछाडि ठूलो गिरोह छ र हामी अरु आरोपीको खोजी गर्दैछौं ।’

पक्राउ गरिएका आरोपीहरु केरलको अलाप्पुझा, कोट्टायम र एर्नाकुलमका हुन् । पुलिसले राज्यका कैयौं सम्भ्रान्त वर्गका व्यक्तिहरु यो गिरोहमा संलग्न रहेको पुष्टि गरेको छ । एक महिलाले आफ्ना पतिले परपुरुषसँग शारीरिक सम्बन्धका लागि दबाब दिएको उजुरी गरेपछि महिलाका पति र उनका साथीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो खुलासा भएको बताइएको छ ।

प्रतिक्रिया