अभिनेता अनिल कपुर र कंगनाबीच बिहेको हल्ला के हो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २६ पुष

काठमाडौं, २७ पुस । बलिउडका सदावहार अभिनेता अनिल कपुर प्रेम प्रशंगका कारण चर्चामा आएका छन् । बलिउडमा बढी रुचाइने अभिनेतामध्येका अनिल कपुरका प्राय फिल्म हिट नै छन् । किनकि रियलमात्र मात्र नभएर उनलाई दर्शकले फिल्ममा पनि धेरैले मनपराउँछन् ।

यसमा उनको वैवाहिक जीवनको पनि मुख्य भूमिका छ । ११ वर्ष प्रेम सम्बन्धमा रहेर बिहे गरेका अनिलको वैवाहिक सम्बन्धबारे खुबै प्रशंसा हुने गरेको छ ।

सन् १९८४ मा उनले सुनितासँग बिहे गरेका थिए र उनीहरूका अहिले तीन सन्तान छन् । अनिल र सुनिताको प्रेम कथालाई धेरैले कुनै फिल्मी प्रेम कहानीभन्दा कम नभएको पनि टिप्पणी गर्छन् ।

तर, अहिलेको उनको प्रेम प्रशंगले छुट्टै मोड लिएको छ । सुरुमा चर्चा गर्न लागिएको पनि यही विषय हो । हालसालै ६५ वर्षीय अनिल कपुरका बारेमा सामाजिक सञ्जालमा यस्तो कुरा फैलियो कि जसले उनका प्रशंसक निकै दुखी भइरहेका छन् ।

विभिन्न सञ्चारमाध्यममा अनिल र सुनिताको डिभोर्स हुन लागेका खबर आइरहेका छन् । यसमा सबैभन्दा चर्चा पाएको कुरा त अनिलले बलिउड अभिनेत्री कंगना रनावतसँग बिहे गर्नका लागि सुनितालाई छाड्न लागेका भन्ने खबरले हो ।

अहिले अनिल कपुर र बलिउडका धेरै प्रशंसकले यही प्रश्न सामाजिक सञ्जालमा गरिरहेका छन् । भारतीय सञ्चारमाध्यम जीन्युजका अनुसार यो खबर साँचो त हो, तर भनाइमा मात्र ।

खासमा यो खबर करण जौहरको ‘कफी विद करन’ कार्यक्रमबाट फैलिएको हो । कार्यक्रमको तेस्रो सिजनमा अनिल कपुर, सञ्जय दत्त र कंगना रनावत पाहुनाका रूपमा आएका थिए । त्यसमा करनले अनिललाई ¥यापिड फायर खेल्ने क्रममा सोध्छन्, ‘तपाईं कुन महिलासँग बिहे गर्न पाए आफ्नी श्रीमती सुनितालाई छाड्न सक्नुहुन्छ ?’ अनिलले आफूसँगै उपस्थित कंगनालाई देखाउँदै उनको नाम लिएका थिए ।

यही कुरालाई लिएर अहिले अनिल कपुरले श्रीमतीलाई छाडेर कंगनासँग बिहे गर्न लागेका भन्नेसम्म खबर छापिएका छन् । जिन्युजले लेखेको छ, ‘यो कुरा कार्यक्रमममा मजाकका रूपमा आएको हो । यसमा कुनै सत्यता छैन ।’ तर, एउटा गसिपले कतिसम्म प्रभाव पार्छ भन्नेचाहिँ अनिलले बल्ल थाहा पाए ।

जबकि, सामाजिक सञ्जालमा उनका शुभचिन्तक तथा फ्यानहरुले पोष्ट गरेका स्टाटसहरुलाई भारतीय मिडियाले गसिपका रुपमा प्रस्तुत गरिरहेका छन् । ती गसिपलाई लिएर अनिल कपुरले पनि रमाइलो तरिकाले प्रतिक्रिया दिएका छन्, ‘अहिले मजाक भइरहेको छ, तर वास्तविक होइन ।’

प्रतिक्रिया