भोलिदेखि विद्यालय बन्द हुने, पूर्वनिर्धारित विश्वविद्यालयको परीक्षा नरोकिने
अखबार टुडे
प्रकाशित:
२०७८, २६ पुष

काठमाडौं, २६ पुस । सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका हुन् ।

मन्त्रालयले विदा अवधिभर १२ देखि १७ वर्ष उमेरका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।
यस्तै, मन्त्रालयले विदाको अवधिमा विद्यालयहरूको सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ ।

त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो । मन्त्रालयमा सोमबार बसेको बैठकलेसीसीएमसीको सो सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

प्रतिक्रिया